काठमाडौं मेडिकल कलेजले मनोमानी शुल्क लिएको भन्दै आन्दोलनरत विद्यार्थी संगठनहरुले लगाए प्रशासनमा ताला

काठमाडौँ। काठमाडौँ  मेडिकल कलेजले मनोमानी ढंगले शुल्क असुलेको विरोधमा प्रदर्शनमा उत्रिएका सात विद्यार्थी संगठनले आइतबार मेडिकल कलेजको प्रशासनमा ताला लगाएका छन्।

 

 

 

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले राजधानीको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजअगाडि टायरसमेत बालेर विरोध प्रदर्शन गरेका थिए।

 

 

 

शुल्कको विवाद नसुल्झाई भर्ना प्रक्रिया रोक्न चेतावनी दिए पनि कलेज प्रशासनले अटेर गरेको आन्दोलनरत विद्यार्थीहरुले बताएका छन्।

 

 

 

कलेज प्रशासनहरुले शुल्क व्यवस्थापन नगरेसम्म आन्दोलन निरन्तर अघि बढाइरहने अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलसहितका विद्यार्थी संगठनहरुका नेताहरूले चेतावनी दिएका छन्। 

 

 

 

 

अब आउने दिनमा अझै आन्दोलन कडा बनाएर अगाडी बढ्ने अध्यक्ष गजुरेलले बताउनु भयो। शिक्षा र स्वास्थ्यका माफियाहरूलाइ जहिलेसम्म सरकारले संरक्षण गर्छ त्यति बेलासम्म यस्ता समस्या आइरहने अध्यक्ष गजुरेलले बताए।

 

 

 

त्यस्तै आन्दोलनरत विद्यार्थी संगठनहरूमा वैद्य माओवादी निकट अखिल (क्रान्तिकारी) ,  नेविसंघ,  अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, अखिल छैँटौ, नेपाल विद्यार्थी युनियनलगायत विद्यार्थी संगठनहरुले मेडिकल कलेजहरुले केही महिनायता जथाभावी शुल्क असुलेको भन्दै विरोध गरिरहेका छन्।