पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा विप्लव निकट विद्यार्थी संगठनले टायर बालेर प्रदर्शन

काठमाडौँ।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा प्रदर्शन गरेको छ।

 

अखिल क्रान्तिकारीले राजधानीको प्रदर्शनीमार्गमा पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा टायर बालेर प्रदर्शन गरेको हो।

 

 

 

विप्लव नेकपाको अखिल क्रान्तिकारिका विद्यार्थीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध लगातार प्रदर्शन गर्दै आएका छन् ।

 

 

नेपाल आयल निगमले गत बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ, डिजेल तथा मट्टितेलमा पनि तीन रुपैयाँ मूल्य बढाएको थियो।

 

 

 

यसले अन्य दैनिक उपभोग्य वस्तुहरुको मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा विद्यार्थीले प्रदर्शन गरेका हुन् ।