सांसद बानियाँका आफन्तले प्रलोभन देखाउदै,जाहेरीले केही फरक नपर्ने भन्दै धम्की दिन थाले: पीडित महिला

                                                                               सांकेतिक तस्वीर-

काठमाडौं । मुगुका सांसद मोहन बानियाँले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी जुम्लाकी महिलाले असुरक्षित महशुस गरेको बताएकी छिन ।

 

 

आरोपी बानियाँका आफन्तले निरन्तर धम्की र प्रलोभन देखाउन थालेपछि अशुरक्षित महशुस गरेको उनले बताएकी छिन् ।

 

 

जाहेरी दिएको भोलिपल्ट सांसद बानियाँका ज्वाईले भेटेरै भोलि बिहान १० बजे तपाईको लिएको २५ लाख रुपैयाँ दिन्छौं । जाहेरी फिर्ता लिनुस् भनेको उनको भनाइ छ ।

 

 

पीडित महिलाले भनिन्, ‘मैले जाहेरी दिइसके । म निकै पीडित छु । अब जाहेरी फिर्ता हुदैन । जे गर्छ कानुनले गर्छ ।जाहेरी फिर्ता लिन आग्रह गर्दै बानियाँकी छोरीले समेत फोन गरेर प्रलोभन देखाएको उनले बताइन ।

 

 

 

बानियाँको छोरा मदन बानियाँले जाहेरी दिएकै दिन जाहेरीले केही फरक नपर्ने भन्दै धम्की दिएको उनले बताइन । पीडित महिलाले थपिन्, ‘म जाहेरी बोकेर जिल्ला प्रहरी कार्यालय जाँदै थिएँ ।

 

 

 

बानियाँका छोराले तपाईले जाहेरी दिँदैमा कुनै असर पर्दैन । यस्ता करणी घटना कैयौं व्यहोरिसक्यौँ । यसको कुनै तुक छैन भने ।’ बानियाँका आफन्तहरूले पटक पटक फोन गरेर, भेटेरै समेत धम्की दिइरहेको उनले बताइन ।

 

 

 

पीडित महिलाले एक साता अगाडि सामाजिक सञ्जालमा ज्यान जोखिम रहेको जनाएकी थिइन । उनले लेखेकी थिइन, ‘म मरे भने सांसद बानियाँकै कारणले मर्नेछु । उहाँ नै जवाफदेही हुुनु हुनेछ ।

 

 

 

यसपछि घटना दबाउन कर्णाली प्रदेशका सांसद दानसिंह परियार सक्रिय बनेका थिए । उनले पीडित महिलालाई धम्क्याउनेदेखि प्रलोभन देखाएर जाहेरी फिर्ता लिन समेत दबाब दिइरहेको महिलानको भनाइ छ ।

 

 

 

जाहेरी दिँदाको दिनमा पनि सांसद परियार बाँके आएको उनले बताइन । उनले महिलालाई जाहेरी कसरी दर्ता हुन्छ ? हामी पनि हेर्छौ । भन्दै धम्क्याएका थिए । लेनदेनको बिषयमा पनि मिलापत्र गर्न पटक पटक दबाब दिँदै आएको पीडित महिलाले बताइन ।

 

 

 

पटक पटक लिएको रकम फिर्ता गर्न आग्रह गरेपछि सांसद बानियाँले २५ लाख रुपैयाँको चेक दिएका थिए । राष्ट्रिय बाणिज्य बैंकको चेक रहेको खातामा पैसा थिएन। चेक बाउन्स भएको छ ।

 

 

 

 

त्यही बाउन्स चेक समेत सांसद परियारसहितको टोलीले खोसेको थियो । पीडित महिलाले सांसद बानियाँले जाहेरीमा नेपालगन्जस्थित अप्सरा होटलमा बलात्कार गरेको खुलाएकी छिन् । उनले भनिन्, ‘बानियाँले लिएको रकम फिर्ता गर्ने भन्दै बोलाएर बलत्कार गरे ।