‘ए मेरो हजुर ४’ को गीत ‘सुन्तला’ मा अनमोल र सुहानाको रोमान्स

काठमाडौं। चलचित्र ‘ए मेरो हजुर ४’ को दोस्रो गीत सुन्तला प्रदर्शन भएको छ। गीतमा चलचित्रका दुई मुख्य कलाकार अनमोल केसी र सुहाना थापा देखिएका छन्।

 

 

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र निशान भट्टराईले स्वर भरेका छन् । गीलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् । लोक लयमा तयार पारिएको गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् ।

 

 

 

 

चलचित्रलाई सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रको कथा निर्देशक झरना थापाले लेखेकी हुन्।

 

 

 

 

पटकथा र संवादमा उनलाई स्व। निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।

 

 

चलचित्रमा सलोन बस्नेतको पनि अभिनय रहेको छ । चलचित्र आउँदो वर्ष बैशाख १ गते प्रदर्शन हुँदैछ।