देशभर थप १८ जनामा कोरोना संक्रमण पुष्टि,मूत्यु शून्य

काठमाडौं । देशभर थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३४२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

 

मन्त्रालयका अनुसार २ हजार ८२२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १२ जना र १ हजार ५२० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

 

 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ४१४ पुगेको छ । सोही अवधिमा ६४ हजार ३४७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १ हजार ९६० जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

 

 

 

पछिल्लो २४ घण्टामा २७१ जना कोरोना मुक्त भए, ० संक्रमितको मृत्यु

 

 

 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ७१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६४ हजार ३९८ पुगेको छ ।

 

 

 

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४२ जनाको परीक्षण हुँदा हालसम्म कुल ६६ लाख ४३ हजार ५०३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

 

 

 

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।