शेखर कोइराला पक्ष: नेविसंघका असन्तुष्ट विद्यार्थीद्वारा पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन

काठमाडौं । नेविसंघको तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनित गरेको भन्दै असन्तुष्ट पक्षले कांग्रेस पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका छन्।

 

 

 

शुक्रबार केन्द्रीय समितिको बैठक बसिरहदा उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । गत बुधबार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए ।

 

 

 

 

नियुक्तिपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले अरु केही जान्दैनौ, एकाधिकार मान्दैनौ, न्यायोचित अवसरका लागि हाम्रो अभियानलगाएयतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।