देशभर थप २३ जनामा कोरोना संक्रमण पुष्टि,थप २१५ जना संक्रमणमुक्त

काठमाडौं ।देशभर थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २२२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

 

मन्त्रालयका अनुसार ३ हजार ७८० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १५ जना र १ हजार ४४२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि नभएको हो ।

 

 

 

 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ४४५ पुगेको छ । सोही अवधिमा २४ हजार ९६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १ हजार ५५८ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

 

 

 

 

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर थप २ सय १५ जना संक्रमितहरु निको भएका छन्, भने सो अवधिमा कुनै पनि संक्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।