पहिलो दिन नेप्से ४१ अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४१ अंकले घटेको छ । नेप्से परिसूचक ४१ दशमलव ४३ अंकले घटेर २ हजार ५ सय ७२ दशमलव २३ अंकमा झरेको छ ।

 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ५५ अंकले घटेको छ।

 

 

 

कारोबार रकम भने ५ अर्ब नजिक पुगेको छ। दिनभर भएका ६२ हजार १६४ कारोबारबाट ८९ लाख २३ हजार १४ कित्ता सेयर किनबेच भएका छन्।

 

 

 

जसअनुसार कारोबार रकम ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४ सय १६ रुपैयाँ पुगेको छ।