कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज सोमबार पनि बस्दैछ ।बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

 

 

गत शुक्रबारदेखि जारी बैठकमा आज टुंगिने भएकाले चुनावी तालमेल सम्बन्धि निर्णय पनि आजै हुने सम्भावना छ ।बैठकमा बोल्ने कांग्रेस केन्द्रीय सदस्यहरुले तालमेलको पक्षरविपक्षमा धारणा राखेका छन् ।

 

 

 

कांग्रेसले संस्थागत रुपमा भन्दा पनि आवश्यकता अनुसार चुनावी तालमेलको निर्णय गर्नसक्ने बुझिएको छ । सबैभन्दा धेरै चासोको विषय बनेको चितवनमा तालमेल हुने नहुने विषयमा पनि निर्णय हुनसक्ने बुझिएको छ ।

 

 

 

कांग्रेसमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलहरु संस्थागत तालमेलको पक्षमा छन् भने शेखर कोइराला पक्ष एक्लै चुनावमा जानुपर्ने अडानमा छन् ।