प्राधिकरणका महानिर्देशक अधिकारीको आर्थिक चलखेलका कारण पोखरा विमानस्थल काम नसकिदै हतारमा हस्तान्तरण

काठमाडौं। ७२ सालको भूकम्पले भत्काएको ऐतिहासिक सम्पदा धरहरा तत्कालीन प्रधानमन्त्री केपी ओलीले हतारमा जसरी समुद्घाट्न गरेर अहिले जसरी आलोचनाको पात्र भएका छन्।

 

 

ठ्याक्कै त्यसैगरी थुप्रो काम बाँकी रहेको पोखरा विमानस्थलको चावी हस्तान्तरण गर्न लगाएर नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी विवादमा परेका छन् ।

 

 

 

बाहिरी आवरणमा चिनीया सरकारको सहयोग, चिनिया प्राविधिकले निर्माण गरेको देशकै प्रमुख पर्यटकिय नगरी पोखरास्थित अन्तर्राष्ट्र्यि विमानस्थलको चावी चिनका विदेशमन्त्रीको नेपाल भ्रमणको मौका छोपेर प्रधानमन्त्री शेरबहादुर देउवाको रोहवरमा नेपालका परराष्ट्र्मन्त्री नारायण खड्कालाई हस्तान्तरण गरिएको छ।

 

 

 

 

तत्कालिन प्रधानमन्त्री केपी वलीले आफ्नो सत्ता आयू छोटीँदै गरेको बुझेर ६० प्रतिशत पनि निर्माण कार्य नभएको अवस्थामा पनि हतार हतार जसरी धरहराको समुद्घाट्न गर्ने कार्य भयो, हतारमा पोखरा विमानस्थलको चावी हस्तान्तरण कार्यक्रम चाँही किन गरियो रु भित्री पाटो कसैले पनि बुझेजस्तो लाग्दैन ।

 

 

 

चिनिया सरकारकै सहयोगमा निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको उस्तै प्रकृतीको अर्को क्षेत्रीय विमानस्थल लुम्वीनीको भन्दा पोखराको कयौं गुणा लागत बढी हुनु, पोखरा विमानस्थलमै आर्थिक अनियमितता बढी देखिनु, लुम्विनी विमानस्थल भन्दा पोखरा विमानस्थल अव्यवस्थित र भद्रागोल देखिनुले पनि त्यहाँभित्रको आर्थिक व्यवस्थापन कति कमजोर फितलो छ पुष्टि हुन्छ ।

 

 

 

विमानस्थलमा चाहिने एटिएफ, फ्यूल स्टोर लगायतका थुप्रै संरचनाहरु निर्माण तर्फ सुरसार नै देखिएको छैन । उडान र अवतरण कार्यको सहजताका लागि डाँडा कटान कार्य पनि आधाउधी बाँकी नै छ ।

 

 

यसका वावजुद पनि विमानस्थलको चावी हस्तान्तरण गर्ने कार्यमा किन हतार गरियो रु चिन सरकार पनि यसमा सहमत हो कि रु नेपालका महाभ्रष्टहरुको योजना सफल भएको हो रु प्रश्न उब्जीएको छ ।

 

 

११ औं तहका सिभिल इन्जिनियरको योग्यता भएका प्रदिप अधिकारी नागरिक उड्ययन प्राधिकरणको महानिर्देशक कसरी बन्न सके रु यतातिरको पाटो कोट्याउने हो भने पोखरा विमानस्थलमा भएको आर्थिक अनियमितताको उजागर पक्कै पनि हुनेछ ।

 

 

 

पोखरा विमानस्थल निर्माण आयोजनाका आयोजना प्रमुखका रुपमा लामो समय जिम्मेवारी बहन गरेका प्रदिप अधिकारीले त्यहाँ गरेको आर्थिक अनियमितताको थैली शक्तिकेन्द्रमा बुझाउन सकेकै कारण आफूभन्दा अनुभवी र जेष्ठ सदस्यलाई पछारेर महानिर्देशक पद हात पारेको कतैबाट छिप्दैन ।

 

 

 

नत्र हवाई उड्ययन (एभियसन) सम्वन्धि अनुभव, ज्ञान नै नभएको सिभिल इन्जीनियरले हवाई उड्ययनको प्रमुख पद हासिल गर्न सक्ला रु कल्पना गर्न पनि सकिँदैन।

 

 

 

केही दिन अघि त्रिभुवन विमानस्थलको आईटी सर्भर डाउन भयो । विहानभर घरेलु तथा अन्तर्राष्ट्र्यि कुनै पनि उडान तथा अवतरण हुन सकेनन् । विमानस्थलमा यात्रुको चाँप खचाखच भयो । तर, समस्या सामाधान तर्फ महानिर्देशक अधिकारी बाँदर नचाउने चटके सावित भए ।

 

 

 

आर्थिक सवालमा महानिर्देशक अधिकारी कति नैतिकवान हुन भन्ने उनका विरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा परेका चाडकाचाड उजुरीले नै दर्शाउँछ । तर, अकुत धन आर्जन गरेका उनलाई अख्तियारले डाम्नु त परैको कुरा उन्मुक्ति दिनुले त्यहाँ पनि धनको पोकाले नै काम गरेको देखियो ।

 

 

 

नत्र पाँच सात हजार हात थाप्ने खरदार मुखियामाथि क्वीक अप्रेसनका नाममा अख्तियार आतंक मच्चाउन रुचाउनेहरुले किन करोडौंको सम्पत्ति थुपार्नेमाथि कारवाही गर्न सकेको छैन?

 

 

 

अख्तियारमा अनुसन्धान अधिकृत समेत तोकिएर छानविन भइरहेका बखत आयोगमा त्यसबेला सचिवका रुपमा महेश्वर न्यौपाने कार्यरत थिए । आयोगमै चलेको गाइँगुई अनुसार सचिव न्यौपाने र महानिर्देशक अधिकारीबीच सप्रेम मित्रता थियो ।

 

 

 

तर, पछिल्लो समय आयोगको ध्यान फेरि महानिर्देशक अधिकारीतर्फ फैलिएको स्रोतको दावी छ । गृह प्रशासनको लामो अनुभव भएका र अख्तियारमा पनि लामै कालखण्ड जिम्मेवारी बहन गरेका प्रमुख आयुक्त प्रेम राईले आफ्नो निश्पक्षता देखाउन चाहिरहेको बताइन्छ ।

 

 

 

 

हेरौं, धनको आडबलमा चौतर्फी चाहार्नेहरुको राजकाज कहिलेसम्म चल्ने हो या अख्तियारको खैँजडीमा पनि पर्ने हुन् रु समयले देखाउँला ।