एमसीसीविरुद्ध मोर्चा कसेर लड्नु पर्छ: महासचिव विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट अनुमोदन हुँदैमा अमेरिकी सहयोग परियोजना (एमसीसी) लागू हुन नदिने बताएका छन् ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले अपर कर्णालीलाई आफूहरुले नै रोकेको उल्लेख गरे।

 

 

 

दैलेख र अछामको बीचमा हिमालको जराबाट कर्णालीलाई अपहरण गरेर लखनउ पुर्‍याउने षड्यन्त्र नेपालमा चल्यो’ उनले भने,त्यसविरुद्ध तपाईँ हामी सबैले आवाज उठायौं, हाम्रो पार्टीले मोर्चा कसेर लड्यो र अहिले पनि त्यो रोकिएको बताए ।

 

 

 

 

अब एमसीसीविरुद्ध मोर्चा बनाएर लड्नुपर्ने बेला आएकाे उनले बताए । संसदको स्वीकृतिले एमसीसी लागू गर्न सकिँदैन, दलालहरुको आत्मसमर्पणले एमसीसी लागू हुन सक्दैन,विप्लवले भने, एमसीसीविरुद्ध मोर्चा खोल्नुपर्ने बताए।