विप्लव नेकपाका खड्क विश्वकर्मासहित आधा दर्जनबढी नेता कार्यकर्ताहरू क्रान्तिकारी मओवादीमा प्रवेश

काठमाडौं। विप्लव नेकपा परित्याग गरि आधा दर्जन कार्यकर्ताहरू नेकपा (क्रान्तिकारी मओवादी) निकट अखिल (क्रान्तिकारी)मा प्रवेश गरेका छन्।

 

 

क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यलयमा पार्टीका केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलकले अभिर र खादा लगाएर आधा दर्जन बढी नेता तथा कार्यकर्ताहरु पार्टीमा स्वागत गरका हुन्।

 

त्यस्तै पार्टीकी केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी)की केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने, अखिल(क्रान्तिकारी)का केन्द्रीय सचीव राम तिरुवा, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संयोजक नेत्र बहादुर शाही, अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला अध्यक्ष बि.क लगायत नेताहरूले अभिर र खादा लगाएर आधा दर्जन बढी नेता तथा कार्यकर्ताहरुलाइ पार्टी र संगठनमा स्वागत गरेका थिए। 

 

 

 त्यस्तै जनपत्रकार संगठन नेपालका प्रदेश कमिटी सदस्य खड्क बिश्वकर्मा लगाएत आधा दर्जन बढी नेता तथा कार्यकर्ताहरु आज नेपाली कांग्रेस,एमाले,विप्लव नेकपालगायत विभिन्न पार्टी परित्याग गरि नेकपा( क्रन्तिकारी माओवादी)मा प्रबेश गरेका हुन ।

 

 

 

बिहिबार (अखिल क्रन्तिकारी)को केन्द्रीय कार्यलयमा आयोजित एक कार्यक्रमा विभिन्न पार्टीवाट बिद्रोह गरि नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका हुन ।

 

 

बिप्लव नेतृत्वको नेकपा निकट जनपत्रकार संगठन नेपालका कालिकोट जिल्ला अध्यक्ष तथा कर्णाली प्रदेश कमिटी सदस्य खड्क बिश्वकर्मा,नेकपा सेल ईन्चार्ज राकेश बिश्वकर्मा,नेपाली काङ्ग्रेस निकट तरुण दलका वडा सदस्य दान बि.क र राजेन्द्र तिरुवा, नेकपा एमाले निकट मुकेश बि.कलगायत नेता कार्यकर्ताहरुले पार्टी प्रवेस गरेका हुन।

 

सो पार्टी प्रवेश कार्यक्रमको संचालन अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संयोजक नेत्र शाहीले गर्नु भएको थियो भने उक्त प्रवेश कार्यक्रमलाई अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल र केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले अभिर खादा लगाएर प्रवेश गर्नु भएको थियो ।

 

 

उक्त कार्यक्रमअखिल (क्रान्तिकारी) काकेन्द्रीय तथा पार्टीका केन्दिय सदस्य अध्यक्ष हरिकृष्ण गजुरेलले कर्णाली परदेश क्रान्तिकारी माओवादीको लाल किल्ला बनाउनु पर्ने उल्लेख गरे।

त्यस्तै नयाँ ईतिहास निर्माण गर्न नयाँ संकल्प लिन युवा, विद्यार्थीहरुलाइ जुझारु वन्दै आन्दोलन उठान गर्ने जिम्मा युवाहरूकाे रहेको उनले उल्लेख गरेका थिए।