देशभर थप २२ जनामा कोरोना संक्रमण पुष्टि,थप ७५ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । देशभर थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८३५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

मन्त्रालयका अनुसार २ हजार ५१६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १६ जना र १ हजार ३१९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ संक्रमण पुष्टि नभएको हो ।

 

 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५८१ पुगेको छ । सोही अवधिमा ५९ हजार ५४३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १ हजार २२ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

 

 

पछिल्लो २४ घण्टामा ७५ जना कोरोना मुक्त भए, शून्य संक्रमितको मृत्यु

 

 

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६५ हजार ४६९ पुगेको छ ।

 

 

 

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८३५ जनाको परीक्षण हुँदा हालसम्म कुल ६६ लाख ७७ हजार १३८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

 

 

 

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।