देशभर थप ११ जनामा कोरोना, ९० जना संक्रमणमुक्त

काठमाडौं । देशभर थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ६० जनामा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ ।

 

 

 

पछिल्लो २४ घण्टामा ९० जना संक्रमणमुक्त हुँदा ९ सय ४२ सक्रिय संक्रमित रहेका छन् ।यो अवधिमा एक जनाको पनि कोरोनाका कारण ज्यान गएको छैन ।