विदेशमा पढ्न जान विद्यार्थीले शिक्षा मन्त्रालयमा निवेदन दिनुपर्ने

काठमाडौं । कोरोना महामारीकाबीच विदेशमा पढ्न जान रोकिएका विद्यार्थीहरूले यहि चैत २५ भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ ।

 

 

 

शिक्षा मन्त्रालयका अनुसार कोरोना महामारी र लकडाउनका कारण चीन लगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए ।

 

 

 

 

पढाइलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरूलाई मन्त्रालयले निवेदन दिई सम्पर्कमा आउन आग्रह गरेको हो ।

 

 

 

निवेदनको ढाँचामा उल्लेखित विवरण खुलाएर चैत २५ भित्र मन्त्रालयको शिक्षा शाखामा निवेदन दिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

 

 

 

यसअघि चीन लगायत देशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूले फेरि चीन गएर पठनपाठनलाई निरन्तरता दिने वातावरण बनाईदिन पटकपटक सरकारलाई आग्रह गर्दै आएका थिए ।