काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यका बाहिर दिनहुँ जसो आमसभा गर्दै आइरहेको राप्रपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

 

 

काठमाडौं उपत्यका बाहिरका जिल्लामा भएका आमसभा र भेलाबाट उत्साहित भएको राप्रपाले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै काठमाडौंको रत्नपार्क स्थित खुलामञ्चमा आम सभा गरेको हो ।

 

 

आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्षहरु पशुपतिशमशेर जबरा र डा।प्रकाशचन्द्र लोहनी लगायत पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्दैछन् ।

 

 

 

 

आमसभामा उपत्यकाका तीनवटै जिल्लाहरु कामाडौं,ललितपुर र भक्तपुरका पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको छ । काठमाडौंबासीलाई खुलामञ्चमा उतार्न राप्रपाले केही दिन अघिदेखि तयारी गरेको थियो ।