विप्लव नेकपाका नेता वली र बास्तोलाले गरे प्रचण्डसँग भेट

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेताहरुले बिहीबार नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

 

 

 

नेकपाका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले बिहीबार बिहान खुमलटारमा गएर प्रचण्डसँग भेटे गरेका हुन् ।

 

 

चुनावको पक्षमा रहेका विप्लव र खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट उनीहरु प्रचण्डलाई भेटेका हुन।

 

 

‘नयाँ बर्ष २०७९को शुभकामना सहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल र भेटगरेकाे नेता बास्तोलाले फेसबुकमा लेखेका छन्, ‘लामो समयदेखि बिरामी रहनु भएकी प्रचण्ड पत्नी सीता दाहलसँग भेट सुस्वास्थ्यको कामना ।वली र बास्तोला दुवै स्थानीय चुनावमा जान नहुने पक्षमा छन्।