ललितपुर महानगरको मेयरमा कांग्रेसबाट यी ७ जनाको नाम सिफारिस

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसले सात जनाको नाम सिफारिस गरेको छ ।

 

 

कांग्रेसको ललितपुर महानगर कार्यसमितिले वर्तमान मेयर चिरिबाबु महर्जनसहित ७ जनाको नाम प्रदेशमा पठाएको हो ।

 

 

सिफारिस हुनेहरुमा बहालवाला मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्याल दुवै जना परेका छन् ।

 

 

 

यस्तै, नगर सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याँछ्यो, प्रेमकृष्ण महर्जन, अनन्तप्रकाश श्रेष्ठ र महानगरका पूर्वसभापति राजेश महर्जनको नाम पनि महानगर कार्यसमितिले सिफारिस गरेको छ ।

 

 

 

सिफारिस गरिएका नामहरु प्रदेश कमिटीले केन्द्रमा पठाएपछि केन्द्रले उम्मेदवारको टिकट दिने छ ।

 

 

 

ललितपुर नगर समितिले उपमेयरका लागि भने नाम सिफारिस गरेको छैन ।

 

 

 

ललितपुरमा एमालेले हरिकृष्ण ब्यञ्जनकारलाई मेयरको उम्मेदवार तोकिसकेको छ ।