पार्टीबाट निस्कासन र पार्टी परित्याग ?

- रामसिंह श्रीस

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले वि.स. २०७८ साल चैत्र २१ गतेका दिन केन्द्रीय सदस्य क.कृष्ण गुरुङ (क.आस्मान) लाई पार्टीको साधारण सदस्य समेतवाट निस्काशन गरेको वक्तव्य प्रकाशित भयो ।

 

 

 

 

 

त्यसको ३ दिन पछि २३ गतेको मिति राखेर २४ गतेका दिन पि.वि.एम क.नगेन्द्र राई ,केन्द्रीय सदस्य क.निल वहादुर पुन र क.कुमार बोगटीले संयुक्त वक्तव्यमार्फत पार्टी परित्याग गरेको कुरा सामाजिक संजालमा राख्नुभयो ।

 

 

 

त्यसको भोली पल्ट २५ गतेका दिन नेकपा (क्रान्तिकारी माओवादी)को स्थायी समितिले क.नगेन्द्र राई, क.निल बहादुर पुन र क.कुमार वोगटीलाई पार्टीको साधारण सदस्यता र सवै जिम्मेवारीबाट हटाएको कुरा महासचिव क. किरणको वक्तव्यबाट सर्वाजनिक गरियो ।

 

 

उहाँहरुले नेतृत्वले कुनै विधि विधान र पद्धतिको अवलम्वन नगरी कार्यकर्तामाथि सामन्तवादी सैलीले कार्वाहीको डण्डा वर्षाएको” आरोप लगाउनु भएको छ ।

 

 

कतिपय साथीहरुले त विधान विपरित कार्वाही गरेको भन्ने आरोप समेत लगाएका छन् । यो संक्षिप्त लेख मार्फत यो विषयलाई प्रस्ट पार्न प्रयत्न गरिएको छ ।

 

 

गत फाल्गुनको अन्तिम हप्ता बसेको केन्द्रीय समितिको वैठक भन्दा दूई तीन महिना पहिले एक दिन विहान ७ नम्वर प्रदेश (सुदुर पश्चिम प्रदेश) का एक जना कमरेडले मलाई फोन गर्नुभयो ।

 

 

 

फोनमा उहाँले तपाईहरुले कृष्ण गरुङलाई पि.वि.एम किन नबनाएको भनेर सोध्नु भयो । मैले उहाँ भन्दासिनियर र सक्रिय सिसिमहरु धेरै छन् । उहाँलाई कसरी पिविएममा निर्वाचित गर्न सकिन्छ भनेर मैले प्रतिप्रश्न गरे ।

 

 

 

त्यस पछि उहाँले तपाईहरुले कृष्ण जी लाई पेल्न सम्म पेल्नु भएछ, कुनै जिम्मा पनि दिनुभएको छैन रे भनेर भन्नु भयो । मैले भने उहाँ कर्णाली प्रदेशको कमिटिमा हुनुहुन्छ । प्रदेश कमिटिले उहाँलाई दैलेख, कालिकोट, जुम्ला, हुम्ला र डोल्पा हेर्ने जिम्मा दिएको छ ।

 

 

 

उहाँले आफुले जिम्मा पाएको क्षेत्रमा काम नगर्ने, ठेक्का लिएर दार्चुलामा निजि व्यवसायमा जाने, अनि मलाई पार्टीले जिम्मा दिएन भन्न त सुहायन नि भनेर मैले भने।

 

 

त्यस पछि बल्ल फोन गर्ने साथीले भन्नुभयो सुन्नुहोस कृष्णजी ले त यो पार्टीबाट केही हुन्न अव हामी माओवादी केन्द्रमा जानुपर्छ, मैले शक्ति बस्नेत संग च्यानल मिलाएको छु भन्दै उहाँले त हामीलाई माओवादी केन्द्रमा जान कन्भिन्स गर्दै हुनुहुन्छ ।

 

 

 

 

यस्ता केन्द्रीय सदस्यसंग पार्टी चनाखो बन्नु पर्ला भनेर उहाँले मलाइ भन्नुभयो।त्यस पछि मैले यो कुरा केन्द्रीय कार्यालयमा जानकारी गराए । उहाँको बारेमा अन्यत्र ठाउँवाट पनि केन्द्रीय कार्यालयमा यस्तै प्रकारका् सुचना आएको कुरा मैले पनि थाहा पाए ।

 

 

 

 

यस प्रकारको गतिविधिको सुचाना पाए पनि केन्द्रीय समितिको वैठकमा आएको वेलामा कुरा गरौला भनेका थियौं । तर उहाँ केन्द्रीय समितिको वैठकमा आउनु भएन ।

 

 

 

केन्द्रीय समितिको वैठक लगतै उहाँहरु पर्टी छोडेर अर्को पार्टीमा जानकोलागी घनिभुत छलफलमा हुनुहुन्छ भन्ने सुचना प्राप्त भएपछि केन्द्रीय कार्यालयले उहाँलाई सम्पर्क गर्न प्रयास गर्यो । क. कृष्ण गुरुङ फोन सम्पर्कमा आउनुभयो ।

 

 

 

फोन सम्पर्कमा उहाँले अन्य पार्टीमा जानको लागी तल्ला समितिका साथीहरुलाई भनेको, शक्ति बस्नेतसंग च्यानल मिलाउन प्रयास गरेको र अहिले पनि छलफलमा रहेको कुरा स्वीकार्नु भएछ ।

 

 

 

कार्यालयमा आउनुहोस छलफल गर्यौ भन्दा म त जिल्ला तिर हिडे आउन सक्दिन भन्नुभएछ । तर उहाँ जिल्ला नगएको काठमाण्डौंमै रहेको कुरा पछि पुष्ठि भयो । उहाँको बारेमा आएको रिपोर्ट उहाँले स्वीकार्नु भयो ।

 

 

 

 

उहाँले स्वीकार नगरेको भए छानविन आयोग गठन गर्नुपर्ने हुन्थ्यो तर उहाँ माथि लगाइएको आरोप उहाँले स्वीकार गरेको र त्यस वारे कम्जोरी भयो भनि आत्माआलोचना नगरेको अवस्थामा पार्टी केन्द्रले कार्वाही गर्नु विधि पद्धति सम्वत नै हुन्छ ।

 

 

 

 

हाम्रो पार्टी विधान अनुसार कुनै पनि व्यक्तिले पार्टी सदस्यता प्राप्त गर्दा “पार्टीको गोपनियता भंग गर्ने छैन । पार्टीको एकतालाई वचाउनकोलागी दृढता पुर्वक उभिने छु । भनेर सपथ खानु पर्छ र खान्छ ।

 

 

 

पार्टी प्रति इमान्दार सदस्यहरुले आफुले खाएको सपथलाई दृढता पुर्वक लागु गर्न प्रयत्नसिल रहन्छन् । केन्द्रीय सदस्यहरुले त त्यसलाई कैयौं उचाइवाट लागु गर्नु पर्ने हुन्छ ।

 

 

तर क.कृष्ण गुरुङले केन्द्रीय सदस्य भएर पनि पार्टीको गोपनिएता बचाउने, पार्टी एकतालाई सुदृत पार्न लाग्ने होइन कि पार्टीलाई फुटाएर अर्कौ पार्टीमा लैजान कसरत गरेपछि त्यस प्रकारका व्यक्तिलाई पार्टीवाट निस्कासन नगरेर के गर्ने ? बरु त्यस प्रकारको व्यक्तिहरुलाई समयमै पहिचान गरेर अनुसासनको कार्वाही गर्न ढिला गर्नु कम्जोरी भएको छ ।

 

 

 

क. नगेन्द्र राई, क.निल बहादुर पुन र क. कुमार वोगटीले पार्टी परित्याग गरेको जानकारी दिदै संयुक्त राजिनामा दिएको कुरा सामाजिक संजालमा हाल्नु भयो ।

 

 

 

उहाँहरुले आफ्नो वक्तव्यमा पार्टीलाई विभिन्न मिथ्या आरोप त लगाउनु भएको छ तर आफ्नो कुरा के हो भन्ने कहि कतै केही उल्लेख गर्नुभएको छैन ।

 

 

 

पार्टीमा विचार सिद्धान्त र राजनीति कार्यदिशा नमिले पछि पार्टीवाट अलग हुनु अथवा आफ्नो विचार सिद्धान्त राजनीतिक कार्यदिशा मिल्ने पार्टीमा जाने कुरालाई स्वभाविक मानिन्छ ।

 

 

 

तर उनीहरुले पार्टीमा त्यस प्रकारको कुनै असमति राखेका छैनन् । हाम्रो पार्टीको राष्ट्रिय सम्मेलनले नेकपा (माओवादी केन्द्र) लाई यस प्रकार विश्लेशण गरेको छ।नव संसाेधनवादी समुहको अर्को हिस्सा नेकपा (माके)को रुपमा परिचित रहि आएको छ ।

 

 

 

यसले एकातिर माक्र्सवाद–लेलिनवाद–माओवादलाई पद प्रदशक सिद्यान्त मानेको अभिनय गर्छ भने अर्को तिर राजनीतिक रुपमा प्रतिगामी संविधान र वर्गीय रुपमा वर्तमान रुपमा दलाल एवंम नोकरशाही पुँजीपति तथा सामन्त वर्गीय प्रतिक्रियावादी राज्यसत्तालाई स्वीकार्दछ । यसको पनि प्रतिक्रियावादी करण भएको छ।

 

 

 (राष्ट्रिय सम्मेलनका राजनीतिक दस्तावेजहरु पृष्ठ २१)

 

नेकपा माओवादी केन्द्रको वारेमा राष्ट्रिय सम्मेलनले गरेको यो निर्णय अहिले सम्म पनि यथावत छ । पहिलो कुरा पार्टी छाडेर माओवादी केन्द्रमा जान प्रयत्नशिल साथीहरुको पनि यो विश्लेषणमा पुर्णत सहमति थियो ।

 

 

दोस्रो कुरा उहाँहरुले यो विश्लेषणलाई परिवर्तन गर्नु पर्यो भनेर कुनै वैठकमा थोस प्रस्ताव ल्याउनु भएको छैन।

 

 

 

यसरी एकातिर नवसंसोधनवादी, प्रतिक्रियावादीकरण भएको छ भनि विश्लेशण गर्ने अर्कोतिर पदको वार्गेनिङ गरेर त्यसै पार्टीमा जान प्रयत्न गर्ने कुरा वैचारिक, राजनैतिक दिवालियापन बाहेक अर्को केही होइन ।

 

 

अर्थात नीति सिद्धान्तलाई पाखा लागाएर विशुद्ध व्यक्तिगत लाभको लागी पलाएन हुने कुरा हो ।

 

 

 

चित्त नबुझेपछि पार्टी छोडन सवैलाई स्वतन्त्रता हुन्छ । राजनीतिमा राजनीतिक कार्यादिशा नमिल्दा कहिले एउटा पार्टीमा त कहिले अर्को पार्टीमा भइन्छ ।

 

 

हाम्रो पार्टीको महासचिव क. किरण र म वि.स.२०३५ साल देखी २०४२ साल सम्म करिव ७ वर्ष एउटै पार्टीको एउटै कमिटिमा थिर्यौ । तर वि.स. २०४२ साल देखी वि।स २०७२ साल सम्म करिव ३० वर्ष हामी अलग अलग पार्टीमा भयौं ।

 

 

 

फेरी अहिले वि.स २०७२ साल देखी अहिले सम्म करिव ६ वर्ष हामी पुर्ण एउटै पार्टीको एउटै कमिटिमा छौं । तर आज पार्टी छोडेर जाने साथाीहरुले आफ्नो मतभेद वैठकमा मुर्त रुपमा राख्नु त भएन नै, सामन्य फोन सम्पर्कमा सम्म आउन चाहुनु भएन ।

 

 

क. नगेन्द्र राईले महासचिवसंंग भेट्ने समय मिलाउनु भएको थियो तर भेट्ने समय भन्दा पहिले नै संयुक्त राजिनामा सार्वजनिक गर्नुृभयो ।

 

 

क.कुमार वोगती ६महिनाको लागी विदा बस्नु भएको थियो तर विदा सकिय पछि आफै सम्पर्कमा आउनु पर्नेमा कार्यालयले सम्पर्क गर्न खोज्दा ।

 

 

 

पनि सम्पर्कमा आउनु भएन । क. निल बहादुर पुनले त कसै संग पनि फोन सस्पर्कमा आउनुभएन । तर उहाँहरुले पार्टीवाट पलाएन हुनको लागी पार्टीले थाहा नपाओस भनेर गोप्य रुपमा भेटघाट छलफल गर्दै गुदवन्दीलाई तिव्रता दिदै जानुभयो ।

 

 

 

 

उहाँहरुको पार्टीहित विपरित त्यस प्रकारको गतिविधिहरुको रिपोर्ट पार्टी केन्द्रमा प्राप्त भए । पार्टी अनुशासन विपरित गतिविधिहरुको रिपोर्ट पार्टी केन्द्रका प्रमाणसहित पुग्यो भन्ने थाहा पाएपछि उहाँहरुले संयुक्त राजिनामाको नाताक मन्चन गर्नुभयो । समयमा रिपोर्ट गर्ने कम्रेडहरुलाई सलाम छ ।

 

 

 

यस्तो गर्नुमा उहाँहरुमा विचार राजनीतिले भन्दानि आवेक, आक्रोस र लगुतावोधले काम गरेको थियो भन्ने कुरा प्रस्त हुन्छ । यस प्रकारका व्यवहार कुनै रानीतिक संस्कार होइन । यहाँ एउटा प्रशंग ल्याउदा उपयुक्त हुने ठान्दछु ।

 

 

 

 

राम बहादुर थापा(बादल) को नेतृत्वमा थुप्रै साथीहरु पर्टीवाट वहिरगर्मित हुँदा क. दाचाराज वाग्ले पनि उहाँहरु संगै जानुभएको थियो । तर उहाँले पार्टी छोडेर जाने वेलामा आफ्नो लेखित मत् र लेवि पार्टीको महासचिव क. किरणलाई बुझाएर विदावारी हुनु भएको थियो ।

 

 

 

हामीले क.दाचाराज वाग्लेले देखाएको राजनीतिक संस्कार अपनाउन सक्नुपर्दछ ।हामीले ध्यान दिनु पर्ने मुख्य कुरा के हो भने पार्टी सदस्यले पार्टी, क्रान्ति र श्रमिक वर्गको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्दछ ।

 

 

 

 

आफ्ना व्यक्तिगत वा पारिवारिक स्वार्थलाई केन्द्रमा राखेर काम गर्ने व्यक्तिले कुनैपनि बेला पार्टीलाई धोका दिन सक्छ ।

 

 

 

कुनै पनि पार्टीम जादा नीतिलाई भन्दा पदलाई केन्द्रमा राखेर वार्गेनिङ गर्ने र अन्य पार्टीवाट हाम्रो पार्टीमा आउदा पनि नीतिमा भन्दा पदमा वार्गेनिङ पदमा वा अन्य स्र्वाथमा वार्गेनिङ् गर्ने प्रवित्ति अवसरवादी प्रवित्ति हो । यस प्रकारको प्रवित्तिलाई निरुत्साहित गराउनुपर्दछ ।