देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि,३६ जना संक्रमणमुक्त

काठमाडौं । देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४८९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

 

मन्त्रालयका अनुसार २ हजार ७५० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ११ जना र ७ सय ३९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८२७ पुगेको छ । हाल नेपालमा ३ सय ७५ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

 

पछिल्लो २४ घण्टामा ३६ जना कोरोना मुक्त भए, शून्य संक्रमितको मृत्यु

 

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ३३९ पुगेको छ ।

 

 

 

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४८९ जनाको परीक्षण हुँदा हालसम्म कुल ६७ लाख ४७ हजार ४८६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

 

 

 

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।