अर्थमन्त्री शर्मालाई मात्र दोष दिन मिल्दैन, गभर्नर हटाउने निर्णय प्रधानमन्त्रीले नै गर्नु भएको हो: प्रचण्ड

फाइल तस्वीर

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहमै नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्वन गरेको भन्दै पुनर्वहालीका कारण अर्थमन्त्रीले राजीनामा दिनुनपर्ने तर्क गर्नुभएको छ।

 

 

 

गभर्नर महाप्रसाद अधिकारीलाई अदालतले पुनर्वहाली गरिदिएपछि पदत्याग्नु पर्ने दबावमा परेका अर्थमन्त्री जनार्दन शर्माको बचाऊ गर्दै प्रचण्डले निर्णय प्रधानमन्त्रीबाट नै भएको संकेत गर्नुभएको हो ।

 

 

 

धनगढी विमानस्थलमा आज (बिहिबार) संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले गभर्नरको विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको सल्लाह भएरै निलम्वन गरेको हो भन्दै अर्थमन्त्रीलाई दोष दिन नमिल्ने बताउनुभयो ।

 

 

 

आगामी १३ गते अदालतमा दुवै पक्षका कुरा आउने भन्दै दाहालले त्यसपछि मात्रै के भएको हो भन्न सकिने तर्क गर्नुभयो ।

 

 

 

फरक प्रसंगमा उहाँले तोकिएकै मितिमा चुनाव हुने र कुरा नमिल्ने स्थानहरुमा गठबन्धन दलहरुबीच मित्रवत प्रतिष्पर्धा हुने पनि बताउनुभयो ।