डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस काठमाडौंमा

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस नेपाल आएका छन् ।

 

 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी विहीबार काठमाडौं आएका हुन् ।

 

 

 

तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।

 

 

 

यस्तै नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि छलफल गर्नेछन् । महानिर्देशक तीनदिने सद्भाव भ्रमणमा नेपाल आएका हुन् ।

 

 

 

भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ । उनी वैशाख १० गते नेपालबाट फर्कने कार्यक्रम रहेको छ ।