नेपालमा थप १८ जनामा कोरोना पुष्टि, २५ संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार १ सय ३३ पीसीआर परीक्षणका क्रममा ९ जना र १ हजार ५ सय १८ एन्टिजेन परीक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

 

शुक्रबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप २५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ४ सय ८१ संक्रमित निको भएका छन् ।

 

 

 

हाल नेपालमा २ सय ८२ सक्रिय संक्रमित आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।