भरतपुर कांग्रेसले नपाएपछि सभापतिको कार्यालयमा तालाबन्दी

काठमाडौं । सत्तारुढ गठबन्धनबीच ६ महानगरमध्ये भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रलाई दिने सहमति भए पनि चितवनका कांग्रेसी नेताहरु उक्त निर्णयविरुद्ध उत्रिएका छन् ।

 

 

 

चितवनका कांग्रेसी नेताहरुले महानगर कांग्रेसले नै पाउनुपर्ने माग राख्दै शुक्रबार जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी लगाएका छन् ।

 

 

 

पार्टी कार्यालय, कमलनगरमा बसेको भेलाले महानगरको मेयर कांग्रेसकै हुनुपर्ने अडान राखेको छ ।

 

 

कुनै पनि अवस्थामा माओवादीलाई दिइएको मेयर मान्य नहुने भन्दै कांग्रेसी नेताहरु केन्द्रको निर्णयविरुद्ध खनिएका छन् ।

 

 

 

 

केही दिनअघि बसेको गठबन्धनको बैठकले भरतपुर महानगरको उपप्रमुख कांग्रेसलाई दिएको थियो भने प्रमुख माओवादीलाई दिएको थियो ।

 

 

 

तर, गठबन्धनको उक्त निर्णयसँगै भरतपुरका कांग्रेसी नेताहरु गठबन्धनको निर्णयविरुद्ध विरोधमा उत्रिदै आएका छन् ।

 

 

 

 

भरतपुरका कांग्रेसी नेताहरुले यदि कांग्रेसलाई मेयर नदिइएको खण्डमा स्वतन्त्र उम्मेदवारी उठाउने पनि निष्कर्ष निकालेका छन् ।