नुवाकोटको ककनी र पञ्चकन्यामा गठबन्धन नहुने निर्णय

काठमाडौं। बैशाख ३० गतेको स्थानीय चुनावमा नुवाकोटको ककनी गाउँपालिका र पञ्चकन्या गाउँपालिकामा गठबन्धन नहुने भएको छ । भर्खरै सकिएको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

 

 

आफूले २०७४ मा जित हाँसिल गरेको पालिका अहिले पनि आफूहरुले नै पाउनुपर्ने नेकपा (माओवादी केन्द्र)को अडान रहेकाले कांग्रेसले त्यसमा नमानेपछि गठबन्धनको यात्रा सकिएको नेपाली कांग्रेस ककनीका इकाई सभापति भाग्यश्री लामाले जानकारी गराए ।

 

 

 

त्यसैगरी पञ्चकन्या गाउँपालिकामा पनि आ–आफ्नो अडानमा कांग्रेस र माओवादी यथावत् रहेपछि मित्रवत् प्रतिस्पर्दामा चुनावमा जान गठबन्धनका नेताहरु सहमत भएका छन् ।

 

 

 

ककनीका प्रभावशाली नेता अर्जुन नर्सिङ्ख केसी तथा जगदिश्वोर नर्सिङ्ख केसीको प्यानलको प्रभाव परेको मानिन्छ भने पञ्चकन्यामा डा।रामशरण महत तथा डा प्रकाश शरण महतको प्रभाव छ ।

 

 

 

 

यता माओवादी नेता हित बहादुर तामाङको पनि प्रभाव परेको पालिका भएर पनि पञ्चकन्यामा आफ्नो अस्तित्वको लागि कांग्रेस र माओवादीले अडान नछाडेको जानकारहरु बताउँछन् ।

 

 

 

योसँगै माओवादीले उम्मेदवारी घोषणा यसअघिनै गरिसकेको छ भने, कांग्रेस उम्मेदवारी घोषण गर्ने तयारीमा छ । पार्टीले टिकट वितरण गर्दा हाम्रोलाई नभई राम्रोलाई गर्नुपर्ने त्यहाँको नेताहरुको भनाइ छ ।