क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)को संगठन विस्तार अभियान तिब्र बन्दै,सिटिभिटीमा सिजापतीको अध्यक्षता १९ सदस्यीय कमिटी गठन

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) को संगठन विस्तार अभियान तिब्र बन्दै गएको छ।

 

अखिल (क्रान्तिकारी)ले आज सिटिभिटी इन्स्टीच्युट अफहेल्थ साइन्सेज कलेजमा हस्तबहादुर सिजापतिको अध्यक्षतामा १९ सदस्यीय मूल इकाई समिति गठन गरिएको छ।

 

 

 

सो कमिटीमा रोहित कुँवर उपाध्यक्ष, अन्सु महत सचिव, क्षितिजा तामांग कोषाध्यक्ष, निकिता चौकोटी सहसचिव, सदस्यहरुमा महेस सुनार, प्रनिसा तिमिल्सिना रोशना थापा, दिनेश हमाल, ढोगकुमारी मगर, प्रेमलक्ष्मी पाण्डे, करुणा शिल्पकला, कल्पना बुढा, रेखा महत, अन्जु बराल, स्वस्तीका श्रेष्ठ, रेखा बयाजु, रमेश सुजाकु, रविना श्रेष्ठलगाएतका रहेका छन्।

 

 

 

उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी)केन्द्रीय सदस्य तथा सिटिभिटि संयोजक नरबहादुर कुमाल र विद्यार्थी नेता सुर्य बिकलगाएतका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो ।

 

 

 

त्यस्तै कथित स्थानीय निर्वाचन बहिष्कार अभियानलाइ थप सशक्त बनाउन विद्यार्थीहरूकाे भूमीका रहने नेता कुमालले जानकारी दिएका छन्।