मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

काठमाडौं।मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने भएका छन् ।

 

 

नेपाल सरकारले जेठ १ गतेदेखि साको शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि छायाँनाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको हो ।

 

 

मंगलबार छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले शिक्षा क्षेत्रमा असर पर्ने भन्दै आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको हो ।

 

 

 

नगरपालिकाका अध्यक्ष भामका अनुसार शनिबारबाहेक अन्य दिन बिदा गर्दा शिक्षा क्षेत्र खस्कने अवस्था देखिएको हुँदा नगर शिक्षा समितिद्वारा आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरिएको हो ।

 

अझै पुगेनन् पुस्तक

 

शैक्षिक सत्र सुरु भएको करिब तीन साता बित्न लाग्दा पनि हिमाली जिल्ला मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन ।

 

 

 

पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारलाई जिल्लामा छिटो पुस्तक पुर्याउन नगरपालिकाले ताकेत गरेको छ ।

 

 

 

 

जिल्लामा समयमै विद्यार्थीको हातमा पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको स्थानीय बासिन्दाकाे गुनासाे रहेकाे छ ।

 

 

 

दुर्गम हिमाली जिल्ला मुगुमा अन्य जिल्ला जस्तो इन्टरनेटको पहुँचसमेत अहिलेसम्म छैन ।