स्वामीकार्तिक र हिमाली गाउँपालिकाका अध्यक्षले गरे चौविसै घण्टा टेलिफोन सेवा संञ्चालन गर्न पहल

काठमाडौं।बाजुरा जिल्लाको पुर्वी उत्तरी भेगका स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकामा नेपाल टेलिकमको टावरको स्थरउन्नति गर्न आग्रह गरिएको अध्यक्ष रोकायाले जानकारी दिए।

 

 

 

  गाउँपालिका भित्रका स्थानीय बासिन्दाकाे गुनासाे सम्बाेधन गर्ने गरि नेपाल टेलिकम क्षेत्रीय कार्यलयमा पुगेर गुणस्तरिय सेवा उपलब्ध गराउन पहल गरिएको राेकायाले जानकारी दिए।  

 

 

 

बाजुराको कालाजग्रामा रहेको रिपिटर टावरलाई चौविसै घण्टा सेवा नरोकिने गरि संञ्चालन गर्न नेपाल टेलिकम क्षेत्रीय कार्यलय प्रमुखलाइ अनुरोध गरिएको अध्यक्ष रोकायाले जानकारी दिए।

 

 

 

नेपाल टेलिकमको 4G सेवासहितको टावर अबको केही महिनाभित्र सहजै स्थानीय बासिन्दाले प्रयोग गर्ने गरि पहल कदमी गरिएको उनले बताए।

 

 

 

साथै जगन्नाथ ,हिमाली र काेल्टीमा रहेका टावरलाई स्तरउन्नति गर्दै स्वामीकार्तिक खापर गाउँपालिकामा  4G सहितकाे नयाँ टावर निर्माण गर्नकाे लागि तुरून्तै प्रविधिक टाेली खटाई सर्वे गर्न पहल गरिएकाे अध्यक्ष राेकायाले बताए।