बजेटपछि सेयर बजार पहिलो पटक ६० अंकले वृद्धि

काठमाडौं । सेयर बजारमा देखिएका समस्या अध्ययन गरी मौद्रिक नीतिबाट सम्बोधन गर्ने तयारीसहित अर्थ मन्त्रालयले समिति गठन गरेको सूचनापछि बुधबार लगानीकर्ता उत्साहित देखिएका छन् ।

 

 

 

अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहमा समिति गठन गरी समस्याको अध्ययन हुने जानकारी गराएका थिए ।

 

 

 

आगामी बजेट सार्वजनिक भएको दिनपछि निरन्तर घटेको सेयर बजार बुधबार भने दोहोरो अंकले वृद्धि भयो । बधुबार ६०.२२ अंकले बढेको बजार २०८०.४४ बिन्दुमा पुगेर रोकिएको छ ।

 

 

 

बुधबार कुल २३१ कम्पनीको ३० हजार ६८४ वटा कारोबारबाट ५० लाख ५ हजार ८१४ कित्ता सेयर किनबेच भएको छ ।

 

 

यस दिन कारोबार रकम भने १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँ रहेको छ । बुधबार सबै उपसमूहको सेयर मूल्य बढेको छ ।

 

 

सामुदायिक लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यी दुई कम्पनीको मूल्य क्रमशः १५७३ र २३३८.६० रुपैयाँ पुग्यो ।

 

 

 

 

यस दिन बलेफी हाइड्रो, कालिका लघुवित्त, तेह्रथुम पावर, उन्नती सहकार्य लघुवित्तको मूल्य समेत सकारात्मक सर्किट लेबलमा पुगेर कारोबार भएको छ ।

 

 

 

 

माउन्टेन हाइड्रो, आरबीबी म्यूचअल फण्ड, नबिल ब्यालेन्स फण्डसहितका कम्पनीका कमपनीको सेयर मूल्य बढी घट्यो । यस दिन अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ ।