नुवाकोटको बञ्चरेडाँडामा स्थानीयको अवरोध, प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं । नुवाकोटको बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको छ ।

 

 

 

मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको प्रहरीले जनाएकाे छ  ।

 

 

स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको प्रहरीले जनाएको छ ।

 

 

सोमबार काठमाडौं महानगर, सहरी विकास मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमतिपश्चात् मंगलबारदेखि फोहोर उठाउने भनिएको थियो ।

 

 

 

उक्त सहमितसँगै काठमाडौंको फोहोर बञ्चरेडाँडामा लगिएको थियो तर, स्थानीयले अवरोधसँगै ढुंगामुढामा उत्रिएका छन् ।