सुदूरपश्चिम प्रदेश सरकारले ३५ अर्बको बजेट ल्याउँदै

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ३५ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ ।

 

 

सरकारले चालू आर्थिक वर्षकोभन्दा आकार बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो ।

 

 

 

प्रदेश सरकारलाई प्राप्त हुने अनुदानमा वृद्धि भएकाले आकार बढाएर बजेट ल्याउन लागिएको हो ।

 

 

चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

 

 

 

कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलाई बजेटको मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउन लागिएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

 

 

 

यसैगरी, प्राकृतिक विपत परेकालाई राहत दिने खालको कार्यक्रम पनि प्राथमिकतासाथ बजेटमा समेटिने बताइएको छ ।

 

 

 

सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो जस्ता प्राकृतिक विपद्ले बढी मान्छे प्रभावित हुँदै आएका छन् ।

 

 

 

असार १ गते प्रदेशले बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार सुदूरपश्चिम प्रदेश सरकार बजेटको अन्तिम तयारीमा जुटेको छ ।