आज आईजीपी नियुक्ति विरुद्धको रिटमा सुनुवाई हुँदै

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा आज (आइतबार) सुनुवाई हुने भएको छ ।

 

 

सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश दिपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

 

 

 

कार्की र चुडालको इजलासले गत जेठ ३० गते सुनुवाई गरेपछि यो मुद्दालाई आइतबार सुनुवाई हुनेगरि हेर्दाहेर्दैमा राख्ने आदेश गर्नुभएको थियो।

 

 

 

वैशाख १८ गते मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

 

 

 

वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी पदमा नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

 

 

 

 

यसैगरि एआईजी बढुवा विरुद्ध पूर्व डीआईजी ईश्वरबावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिटपनि आईजीपी विरुद्धको रिटसँगै राखेर सुनुवाई हुने भएको छ ।