आज दिउँसो यी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना,सतर्क रहन अनुरोध

काठमाडौं।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जरी गरेको छ।हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको महाशाखाले जनाएको छ ।

 

 

 

हाल मौसमको अवस्था देशका गण्ड्की लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।

 

 

 

आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

 

त्यस्तै आज राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

 

 

यस्तो छ आगामी २४ घण्टामा महाशाखाले दिएकोचेतावनी तथा परामर्श

 

 

देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

 

 

 

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।