देशभर थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन ५ जनाको मृत्‍यु,

काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा थप ८१५ जना कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाको मृत्‍यु भएको छ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

 

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४११जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

 

 

 

यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् ।