नागरिकता विधेयक अध्ययन गरेर अघि बढ्छ: सञ्चारमन्त्री कार्की

काठमाडौं। सरकारले नागरिकता विधेयक अध्ययन गरेर अघि बढाउने प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बताएका छन्।

 

 

 

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सिट बाँडफाँट कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

 

 

 

राष्ट्रपति भण्डारीले आईतवार साँझ पुनर्विचारका लागि संघीय संसद्‍मा फिर्ता पठाउने निर्णय गरेकी थिइन्।

 

 

 

 

‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद्‍बाट पुनर्विचार हुन आवश्यक देखिएकाले’ भन्दै राष्ट्रपतिले फिर्ता पठाएकी थिइन्।

 

 

 

आज सरकारका प्रवक्ता कार्कीले अब नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताए।

 

 

त्यस्तै सिट बाँडफाँट कार्यदलको आजको बैठकले चाँडो भन्दा चाँडो आफ्नो गृहकार्य पूरा गर्नका निमित्त कामलाई व्यवस्थित रुपले अघि बढाएको जनाएको छ।