चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र बाबरीको ट्रेलर सार्वजनिक भएको छ ।सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो।

 

 

 

 

चलचित्रमा अभिनेता धिरज मगर, अदिती बुढाथोकी, धिरज नदकार, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोईराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलिप गुरुङ, दिचेन्ला वाङ्बोको अभिनय रहेको छ ।

 

 

 

चलचित्र बाबरी आगामी असोज १४ गते देशभर प्रदर्शन हुने छ । चलचित्र निर्माणको काम नसकिएकोले १४ दिन पछाडि सारिएको हो ।

 

 

 

 

चलचित्र अभिनेत्री बुढातोकीका मातापिता गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन् ।

 

 

 

चलचित्रमा संगीत कालीप्रसाद बास्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको छ । चलचित्र निर्देशन र सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन् ।