काँग्रेसका बौद्धिक नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर, प्रचण्डलगायत नेताहरु पुगे अस्पतालमै

काठमाडौँ । नेपाली काँग्रेसका बौद्धिक नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । घाँटीको क्यान्सर र निमोनियाले ग्रस्त भएपछि गिरीलाई ललितपुरस्थित मेडिसिटी अस्पालको भेन्टिलेटरमा राखिएको छ ।

 

 

 

नेता गिरीका स्वकीय सचिव कृष्ण खनालका अनुसार शुक्रबारदेखि उहाँको अवस्था झन् जटिल र गम्भीर बन्दै गएको छ ।

 

यससँगै विभिन्न उच्च तहका नेता तथा शुभेच्छुकहरुले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन् ।

 

 

आज बिहान मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता गिरीलाई भेटेर स्वास्थ्य अवस्थाको जानरकारी लिएका छन् ।

 

प्रचण्डले गिरीको पछिल्लो अवस्थाको जानकारी दिँदै स्वास्थ्य लाभको कामना गरेका छन् ।

 

 

 

यसअघि मंगलबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि अस्पतालमै पुगेर गिरीलाई भेटेका थिए ।

 

 

 

शुक्रबार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, नेता विमलेन्द्र निधिलगायतले पनि उनलाई भेटेर स्वास्थ्यमा सुधारका लागि ईश्वरीय चमत्कारको प्रार्थना गरेको बताएका थिए । यसबाट पनि अवस्था जटिल रहेको बुझिन्छ ।

 

 

 

गत साउनको दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना गरिएका पछिल्लो तीन दिनदेखि आईसीयूमा राखिएको थियो ।

 

 

अवस्था झन जटिल बनेपछि शुक्रबारबाट उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।