ज्याला मजदूरी गर्ने श्रमिकको ज्याला बढाइयो

काठमाडौं । बाँकेमा ज्याला मजदूरी तथा श्रम गर्ने श्रमिकको ज्याला बढाइएको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्ष २०७९/८० का लागि दररेट निर्धारण गरेको हो ।

 

 

 

जिप्रका बाँकेले सार्वजनिक खरिद नियमावली, २०६४ को परिच्छेद १५ को नियम १४८ ९१० बमोजिम जिल्ला दररेट निर्धारण समितिको बैठकले निर्णय गरेको आधारमा दररेट निर्धाण गरेको हो ।

 

 

 

बैठकको निर्णयानुसार, सिकर्मी, डकर्मी, चित्रकार, बज्रकर्मी, रोलर र ग्रेडर अपरेटरको प्रतिदिन प्रतिव्यक्ति ज्याला रु आठ सय ४० बाट बढाएर रु नौ सय ९२ पुर्याइएको छ ।

 

 

 

बैठकले अर्धदक्ष कामदारको ज्याला रु सात सय चारबाट बढाएर रु आठ सय ३२, ज्यामीको रु पाँच सय ९० बाट बढाएर रु छ सय २६, वेल्डरको रु सात सय ९० बाट बढाएर रु आठ सय तीन तथा सहायक वेल्डरको रु छ सय ८० बाट बढाएर रु सात सय २२ ज्याला तोकेको छ ।

 

 

 

यस्तै कुचिकारको ज्याला रु पाँच सय २५ बाट बढाएर रु पाँच सय ५७ र चौकीदारको रु पाँच सय ९० बाट बढाएर रु छ सय २६ कायम गरिएको छ ।

 

 

नेपाली सिमेन्ट पिसीसीको प्रतिबोरा रु छ सय ८० र नेपाली ओपिसी सिमेन्टको प्रतिबोरा मुल्य रु सात सय ८० कायम गरिएको छ।