फेसबुक अकाउन्ट बन्द भएको छ,अब यसरी फिर्ता ल्याउन सकिन्छ ?

काठमाडौं। फेसबुक प्रयोगकर्ताले बेलाबेलामा आफ्नो अकाउन्ट माथिको पहुँच गुमाइरहेका हुन्छन् । यदि तपाईँ लामो समयदेखि फेसबुक चलाउँदै आउनु भएको छ भने पक्कै पनि आफ्ना केही साथीहरूले नयाँ फेसबुक आईडी बनाएको देख्नु भएकै होला ।

 

 

त्यसमा धेरैजसोले आफ्नो मुख्य फेसबुक अकाउन्ट माथिको पहुँच गुमाएका हुन्छन् । यस्तो अनुभव तपाईँ स्वयम्‌ले समेत गर्नु भएको हुनसक्छ।

 

 

भुलबस कुनै फेसबुक अकाउन्ट डाउन गरिएको छ भने गोपनीयताको कारण देखाउँदै त्यसमा दाबी गर्न समेत निकै कठिन हुन्छ ।

 

 

 

तर अब भने त्यसको क्षतिपूर्ति दिन अर्थात आफ्नो अकाउन्टमाथिको पहुँच गुमाएका प्रयोगकर्ताको सहायताका लागि नयाा विभाग गठन गर्ने भएको छ । ब्लुमबर्गका अनुसार कम्पनीले ग्राहक सेवा केन्द्र स्थापना गर्नेछ ।

 

 

त्यसमार्फत विशेषगरी अकाउन्ट माथिको पहुँच गुमाएर असुविधा भोगिरहेका घटनाको समीक्षा गरिनेछ ।

 

 

वर्तमान समयमा गलत तरिकाले अकाउन्ट प्रतिबन्ध हुँदा मात्र होइन झुटा रिपोर्ट तथा ह्याकरका कारण बन्द हुन पुगेका फेसबुक अकाउन्टमाथि पहुँच प्राप्त गर्न अनुरोध गर्ने प्रक्रिया नै निकै जटिल छ ।

 

 

 

 

छुट्टै विभाग हुँदा आफ्नो अकाउन्ट फिर्ता ल्याउन प्रयोगकर्तालाई सहज हुनेछ । मेटाको निरीक्षण बोर्डका प्रमुखले यो नयाँ डिभिजनमार्फत पारदर्शिता थप हुनुका साथै अकाउन्टमाथि प्रतिबन्धको निर्णय लिँदा कुन विषयलाई आधार बनाइएको थियो भन्ने कुरा समेत थाहा पाउन सकिने बताएका छन् ।

 

 

 

खासगरी अचानक रुपमा कम्पनीले लिने निर्णय र त्यसको कारण खुलाउने संयन्त्रको अभावले गर्दा अकाउन्ट गुमाउने प्रयोगकर्तालाई चोट पुग्ने गरेको छ । यद्यपि मेटाले यो नयाँ शाखा कहिलेबाट सञ्चालनमा आउँछ भन्ने कुरा भने खुलाएको छैन ।

 

 

 

यो वर्तमान समयमा योजनाकै तहमा रहेको छ । सार्वजनिक हुँदाको बखत सम्म यसले फेसबुक र इन्स्टाग्राम दुवैलाई समेट्ने अपेक्षा गरिएको छ।