देशभर थप २७१ जनामा कोरोना संक्रमण पुष्टि,एक जनाको मृत्यु

काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार दुई हजार ४८५ पीसीआर परीक्षणमा २२४ जना र एक हजार ४३५ एन्टिजेन परीक्षणमा ४७ जना गरी २७१ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संत्रपमणका कारण एक जनाको मृत्यु भएको छ, १७५ जना संक्रमणमुक्त भएका छन् ।

 

 

 

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १९४ रहेको छ ।