राष्ट्रियसभा बैठक बस्दै,नागरिकता विधेयक पारति गर्ने तयारी

फाइल तस्वीर

काठमाडौं। राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ। बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने कार्यतालिका रहेको छ।

 

 

 

राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो।

 

 

 

तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरूको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो।

 

 

 

बैठक भदौ १७ गते शुक्रबार अपराह्न तीन बजे बस्नेगरी बिहीबारका लागि स्थगित भएको थियो।

 

 

 

 

उक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाएका थिए।