लघुबित्त बिरुद्ध बर्दघाटमा संर्घष समिति गठन, लघुवित्त संस्थाहरु खारेज गर्न माग

नवलपरासी । लघु बित्त वित्तीय संस्थाबाट पीडित भएकाहरुको शुक्रवार बर्दघाट–५ बण्डाखोलामा भेला सम्पन्न भएको छ । भेलाले लघु वित्त पीडितहरुलाई एकीकृत र संगठित गर्दै संर्घष उठान गर्ने निर्णय गरेको छ । उनीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्न माग समेत गरे ।

 

कार्यक्रममा लघु बित्त संर्घष समितिकी केन्द्रीय सदस्य बिष्णु माया बुढाथोकीले लघु बित्तले बिपन्न परिवारलाई बिचल्लीमा पारेको बताउनुभयो ।

 

 

उहाँले लघु बित्तकै कारण महिलाहरुले आत्महत्या गर्नुपरेको उल्लेख गर्दै मिटरब्याज बिरुद्धको आन्दोलनलाई समेत जोडेर बृहत आन्दोलनको तयारीमा रहेको चर्चा गर्नुभयो ।

 

 

 

लघुबित्तले धेरैको घरबार बिगारेको छ – उहाँले भन्नुभयो–हामीलाई लघु वित्तले शीप दिएन् । चर्काे ऋण मात्र दियो । हामीलाई शीप दिन उसको चाहना थिएन् । जसमा आर्थिक शोषण गर्ने नियत थियो ।

 

 

कार्यक्रममा लघु बित्त संर्घष समिति नवलपुरकी अध्यक्ष नर्बदा रानाभाटले चर्काे ब्याजदरमा लघु बित्तले बिपन्नहरुको शोषण गरेको बताउनुभयो ।

 

 

उहाँले एक लाख ऋण दिदाँ १५ हजार काटेर ८५ हजार दिने गरेको बताउदैं लघु बित्तहरुलाई गाउँ गाउँबाट धपाउनुपर्ने बताउनुभयो । उहाँले लघु बित्त पिडितहरुको एकताबाट मात्र आन्दोलन उठान सकिने उल्लेख गर्नुभयो ।

 

 

 

कार्यक्रममा लघु बित्त संर्घष समिति चितवनकी अध्यक्ष धनकुमारी बिकले कोरोनाले शिथिल बनाएका विपन्न समुदायको बाच्न पाउने अधिकारको समेत लघु बित्तले हनन गरेको बताउनुभयो ।

 

 

 

संस्थाबाट लिएको ऋण तिर्नुपर्दैन भनेका छैनौ । कोरोनाले शिथिल भएका विपन्नहरुलाई चाडपर्व नभनी ढोकामा ढुक्छन् ।–उहाँले भन्नुभयो – हाम्रो पीडा सुनिदिने कोही भएन् । त्यसैले संर्घष अपरिहार्य छ । आर्थिक मन्दीको चपेटामा परेका जनतालाई लघु बित्तले सडकमा ल्याएको विकको भनाई छ ।

 

उक्त कार्यक्रममा बिभिन्न लघु बित्तबाट आफू र आफ्नो परिवारमा भएको ज्यादती र दुब्र्यवहारको सहभागीहरुले रुदै सुनाएका थिए ।

 

 

 

बर्दघाट–४ दिब्यनगरकी लघु बित्त पिडित एकल महिला कमला थापाले नियमित रुपमा ब्याज तथा किस्ता तिर्दै आएपनि केही महिनाको ब्याज तथा किस्ता तिर्न नसक्दाँ आफू माथि समुहमै गाली बेइज्जती भएको बताउनुभयो ।

 

 

 

 

बर्दघाट–१२ की भटौलियाकी ईन्द्र कुमार रानाले लघु बित्तलाई ऋण तिर्दा तिर्दा आफू घरबारबिहीन हुनुपरेको दुखेसो पोख्नुभयो । मेरो घर पनि गयो । अहिले कसैको घरभाडामा बसेकी छु । –रानाले भन्नुभयो ।

 

 

 

कार्यक्रममा पिडितहरु ईश्वरी माया छन्त्याल मगर , जगुमाया थापालगायतले लघु बित्तले पारेको बिचल्लीबारे आफ्ना गुनासो पोख्नुभएको थियो । भेलाले लघु बित्त संस्थाविरुद्ध २५ सदस्सीय बर्दघाट नगरस्तरीय संघर्ष समिति समेत गठन गरिएको छ ।

 

 

 

उक्त संर्घष समितिको अध्यक्षमा धनमाया तामाङ, उपाध्यक्षमा पबित्रा परियार, सचिवद्वयमा मुना कार्की र सीता सुनार कोषाध्यक्षमा कुमारी धरिकार र सदस्यहरुमा

 

 

 

 

रम्भा कुमारी चौधरी,आशा थारु,भगवती थारु,अप्सरा चौधरी उर्मिला बानियाँ , ज्योति गुरुङ,बिष्णुमाया गुरुङ, ईन्द्रकुमारी राना, माया थापालगायत रहनुभएको छ । भेलाले नगरका १६ वटै वडामा संर्घष समिति विस्तार गर्दै दबाबमुलक कार्यक्रम गर्ने निर्णय गरेको जनाइएको छ।