साफ यु–१७ च्याम्पियनसिप: भारतविरुद्धको खेलमा नेपालको सानदार जित

काठमाडौं । साफ यु–१७ च्याम्पियनसिप अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भारतलाइ ३ -१का अन्तरले पराजित गरेको छ।

दुवै टिम सेमिफाइनल पुगिसकेका थिए। आजको खेल जितेर नेपाल समूह ‘बी’ को विजेता बनेको छ।

श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु भएको थियो ।

 खेलमा नेपाललाई जिताउन सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले गोल गरेका थिए । खेलमा पहिलो गोल भने भारतले गरेको थियो । २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै नेपाललाई पछि पारेका थिए । खेलको ४५ औं मिनेटमा सरोजले तथा ४९ औं मिनेटमा उनेशले र ६८ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाए ।

समूह बीमा खेलेका दुवै खेल जितेको नेपाल ६ अंकसहित समूह विजेता बनेर सेमिफाइनलम पुगेको छ । भारत भने ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यो समूहमा रहेको भूटान नेपाल र भारत दुवैसँग पराजित भएर बाहिरिएको छ

समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई २–१ ले पराजित गर्दै एक खेलअगावै सेमिफाइनलमा स्थान बनाएको थियो ।

भारतको पनि एक खेलमा तीन अंक थियो भने नेपालले आज भारतलाइ ३- १ को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।