नेपालले आज अन्तिम खेलमा बंगलादेशको सामना गर्दै

काठमाडौं । एएफसी यू-२० एसियन कप छनोटमा नेपालले आज आइतबार चौंथो तथा अन्तिम खेल खेल्दैछ ।

बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले चौंथो खेलमा बंगलादेशको सामना गर्ने छ । नेपाल र बंगलादेशबीचको खेल राति ८:४५ बजे सुरु हुने छ ।

बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । किनकि नेपालले लगातार तीन खेलमा हार व्यहोरिसकेको छ ।

पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कतारसँग ३-१ गोल अन्तरको हार व्यहोरेको थियो । नेपाल तेस्रो खेलमा आयोजक बहराइनसँग ६-० गोल अन्तरले पराजित भएको थियो ।

समूह ुबीु मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । तर, नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।

बंगलादेश भने दोस्रो जितको खोजीमा रहेको छ । बंगलादेश ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

बंगलादेशले भुटानलाई हराएको थियो भने बहराइनसँग गोलरहित बराबरी खेलेको थियो ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।