देशभर थप ५९ जनामा कोरोना संक्रमण

काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८८२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ७५३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २५ जना र १ हजार १२९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ३१ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या १ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ८३० जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छैन। नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १६ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ६१ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८५ हजार ३९५ पुगेका छन् ।