एकैदिन २ सय १९ जनामा डेंगु संक्रमण

काठमाडौं। मकवानपुरमा एकैदिन २ सय १९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा एकैदिनमा २ सय १९ जनामा डेंगु पुष्टि भएको हो। डेंगु संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका छन्।

हेटौंडा उपमहानगरका २ सय ४ जनामा डेंगु पुष्टि भएको कार्यालयले जनाएको छ। यस्तै मकवानपुरगढी गाउँपालिकाका आठ जनामा, मनहरी गाउँपालिकाका पाँच जनामा र भीमफेदी गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या १ हजार ८ सय २९ जना पुगेको छ।