बाजुराका एमाले नेता खत्री र कार्की माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नेकपा एमाले बाजुराका प्रभावशाली दुइ नेता मनलाल खत्री (मिनल) र रामलाल कार्कीले माओवादी केन्द्रमा प्रवेश गरेका छन्। एमालेका प्रदेश सचिवालय सदस्यसमेत रहेका नेता खत्री र कार्की आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवास खुमलटार गएर प्रवेश गरेका हुन्।

बिहीबार अध्यक्ष ‘प्रचण्ड’ को हातबाट टिका लगाउँदै प्रदेश सचिवालय सदस्यसमेत रहेका नेता खत्री र कार्कीले माओवादीमा प्रवेश गरेका हुन।  बाजुरा जिल्लामा एमालेको संस्थापक मध्यका एक पुराना नेता रामलाल कार्कीले पार्टी भित्र चरम विचलन आएकाेले आफु जस्ता पुराना नेताहरूको कुनै पनि मूल्य नरहेकोले माओवादी केन्द्रमा प्रवेश गरेकाे उनले बताए।

त्यस्तै बाजुरा जिल्लाका माओवादी आन्दोलनका एक लगनसिल योद्धा मनलाल खत्री मिलनले अरूको लैलैमा लागेर एमालेमा रहिरहनु आफ्नो भुल भएको बताएका छन्।

दुवै जनालाई माओवादीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले आगामी दिनमा थप जिम्मेवारीका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।