पहिरोले भालुबाङ्ग-बुटवल सडकखण्ड अवरुद्ध

सांकेतिक तस्वीर

काठमाडौं। लगातारको वर्षाका कारण आएको पहिरोले भालुबाङ्ग-बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

बिहान करिब ६ बजेदेखि पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु जिल्लाको सिमा क्षेत्रमा पहिरो झरेका कारण भालुबाङ्ग-बुटवल सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।

शिवमन्दिर नजिक पहिरोले विद्युतको पोल ढलेपछि राजमार्ग अवरुद्ध भएको हो ।विद्युत कार्यालयका कर्मचारी अझै नपुगेकाले अवरुद्ध सडक सञ्चालनमा आउन सकेको छैन ।

लगातार पानी पर्दा ठाउँ-ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएका छन ।