काठमाडौं ५ मा प्रदीप पौडेल विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल विजयी भएका छन्।

उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका हुन्।

अन्तिम मतपरिणाम अनुसार प्रदीपले १५ हजार ६५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी पोखरेलले १० हजार १७२ मत ल्याए।