कैलाली ४ मा बलायर र भट्टबीच रोचक प्रतिस्पर्धा

काठमाडौं। कैलाली निर्वाचन क्षेत्र नं.४ मा दुई डोट्याली पृष्ठभूमिका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा देखिएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वीरबहादुर बलायर र नेकपा एमालेका उम्मेदवार लेखराज भटट्बीच रोचक प्रतिस्पर्धा देखिएको हो।

मंगलबार बिहान १३ हजार ६११ मत गणना हुँदा भट्ट बलायर भन्दा ३१३ मतले अगाडि थिए। भट्टले ५ हजार ७३२ मत प्राप्त पाउँदा बलायर ५ हजार ४१९ मत प्राप्त गरेका थिए ।

बलायरले भट्टसँग रहेको मतान्तर घटाउँदै रातीसम्म भट्टलाई पछाडि पारेका छन्।

बलायरले १२ हजार १३४ मत पाउँदा भट्टले १२ हजार ३४ मत पाएका छन् । मतान्तर १०० रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।